aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेनः बोर्ड अध्यक्ष केसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ जेठ २०८०
himalayanlife
नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेनः बोर्ड अध्यक्ष केसी
DHI
NIBL

काठमाडौं । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए । “बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन”, उनले भने।

चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताए । 

उनले भने, “ एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले हर्षित छौँ । चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस