aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ जेठ २०८०
himalayanlife
एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
DHI
NIBL

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण को सार्वजनिक भएको हो ।

पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताए । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्ययवस्थाबमोजिम पार्टीले डीडी अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखाप्रमुख खेमराज पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस