काठमाडौंका पार्क घुम्न पैसा नपर्ने - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

काठमाडौंका पार्क घुम्न पैसा नपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise bank
काठमाडौंका पार्क घुम्न  पैसा नपर्ने
LBEF

काठमाडौं । बिहीबारदेखि काठमाडौंको रत्नपार्क र बालाजुस्थित बाइसधारा घुम्न शुल्क तिर्नु नपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिनु नपर्ने व्यवस्था गरेको हो ।

महानगरले संविधान दिवसलाई भव्य बनाउन भन्दै पार्कमा समेत प्रवेश शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बालाजुस्थित बाइसधारा र रत्नपार्क प्रवेशमा लिइँदै आइएको प्रवेश शुल्क तीन दिनलाई निःशुल्क गरिएको छ । यी पार्कमा प्रवेश शुल्कबापत २५ रुपैयाँ तिर्नु पर्छ ।

महानगरले पार्क घुम्न आउनेलाई प्रवेश शुल्क निःशुल्क गर्ने निर्देशन दिएपनि यसअघि संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने संविधान दिवसको विदा पार्क घुम्न र डेटिङ जान नभएको बताएका थिए ।

यस्तै संविधान दिवसका दिन टुंडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि पनि महानगरले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने जनाएको छ ।

दिवसको अवसरमा महानगर मातहतका कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली गरिने छ । यस्तै, नागरिकलाई पनि दीपावलीका लागि आह्वान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस