aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

मन्त्री किराँतीले निगमका कर्मचारीलाई कारबाही गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ जेठ २०८०
himalayanlife
मन्त्री किराँतीले निगमका कर्मचारीलाई कारबाही गरे
DHI
NIBL

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमका कर्मचारीलाई कारबाही गरेका छन् । उनले नेपाल वायु सेवा निगम काठमाडौंमा कार्यरत गगन बहादुर चन्दलाई कारबाही गरेको भन्दै सामाजिक सञ्जालमा कारबाहीको पत्र नै पोष्ट गरेका छन् । 

उनले आफ्नो फेस बुकमा कारबाहीको पत्रमा जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पास समेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका बृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट फकाएकाले कारबाही गरेको उल्लेख गरेका छन् । 

मन्त्री किराँतीले फेसबुकमा लेखेका छन,  सिस्टममा नाम नभएको भनि घर फर्काइएको घटनापछि यस बारेमा गुनासो आएकोले निगमका सम्बन्धित कर्मचारी गगन ब चन्द युनिट ईन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएको हुँदा निजलाई कारवाहीस्वरुप काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरिएको छ ।’ 

प्रतिक्रिया दिनुहोस