aarthiknews.com विहीबार, २२ जेठ २०७७   Thursday, 04 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

धागो तथा टेक्सटायल एक्स्पो २०७६ आजदेखि शुरु (फोटो फिचर सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise
धागो तथा टेक्सटायल एक्स्पो २०७६ आजदेखि शुरु (फोटो फिचर सहित)
LBEF

काठमाडौं । धागो तथा टेक्सटायल एक्स्पो २०७६ आज देखि शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो असोज ६ गतेसम्म चल्ने छ । यो एक्स्पो नेपाल धागो उत्पादक संघले आयोजन गरेको  हो । नेपाली  उत्पादनलाई प्रोसाहन गर्ने उदेश्यले यो एक्स्पो संचालन गरिएको  आयोजकले बताएका छन् ।

नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामाग्रीहरु जस्तै कपडा, होजियरी, सर्टिङ,सुटिङ, निटिङ्ग तथा स्थानीय गार्मेन्ट आदि वस्तुहरुलाई एउटै छानामुनी समेटेर त्यसको प्रचार प्रसार एवं विक्री वितरण गर्ने उद्देश्यका साथ मेलाको आयोजना गराएको आयोजकले जनाएको छ ।

मेलामा  फेसन शो समेत आयोजना गरिएको छ । यो मेला ८० हजार जनाले अवलोकन गर्ने अनुमान आयोजकको छ । मेलामा अवलोकनकर्ताले  निशुल्क प्रवेश पाउने छन् ।

हाल धागो तथा टेक्सटायल उद्योगले प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब १०,००० जनाको लागि रोजगारीको अवसर सृजना गरिरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस