काठमाडौं । सनराइज बैंक लिमिटेडले १ लाख २२ हजार ४५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता रू. १२५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो ।
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि बैंकले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको केन्द्रिय कार्यालय गैह्रिधारा स्थित , शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्नुपर्नेछ ।
सनराइज बैंक र लक्ष्मी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रस्तावलाई अन्तिम रूप दिनका लागि दुबै बैंकले असार ३ गते सभाको आयोजना गरेका छन् । दुबै बैंक समान हैसियतमा एक हुन लागेका हुन ।