
काठमाडौं । ढुङ्गागिटी र बालुवा निकासीका लागि सरकारले अवलम्बन गर्न लागेको नीतिको मानव अधिकार तथा शान्ति समाजले असन्तुष्टि जनाएको छ । चुरेको अत्याधिक दोहन गरेर ढुङ्गा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभूमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले व्यक्त गर्दै आएको छ ।
ढुङ्गा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले झनै आपत्तिजनक भएको भन्दै त्यस्तो नीति खारेज गर्न शान्ति समाजले सरकारलाई आग्रह गरेको महासचिव रेनुका पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस