सुन तोलामा ६ सयले घट्यो - Aarthiknews
aarthiknews.com आइतबार, २२ मंसिर २०७६   Sunday, 08 December, 2019
 
Bajaj_Bike

सुन तोलामा ६ सयले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise bank
सुन तोलामा ६ सयले घट्यो
LBEF
NCH-IPS

 काठमाडौं । लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएको थियो । 

    तेजाबी सुनको मूल्य रु ७० हजार ४०० कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ८५५ पुगेको छ । साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । 

    आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६।५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस