फेरि ओरालो लाग्यो नेप्से, दोहोरो अंकको गिरावट - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

फेरि ओरालो लाग्यो नेप्से, दोहोरो अंकको गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise bank
फेरि ओरालो लाग्यो नेप्से, दोहोरो अंकको गिरावट
LBEF
NCH-IPS

 काठमाडौं । लगातार दुई दिन उच्च अंकका साथ वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकले घटेको छ । साताको बिहीबार नेप्से १८.१२ अंकले घटेर ११५५.३० बिन्दूमा झरेको छ । 
कुल १६६ वटा कम्पनीको १२ लाख २४ हजारभन्दा बढी कित्ता शेयर करिब ४० करोड रुपैयाँमा कारोबार भएको छ । 
यस दिन कारोबारमा आएका व्यापार र सामूहिक लगानी कोष बाहेक सबै समूह घटेका छन् । लगातारको गिरावटपछि नेप्सेमा सुधार हुँदा लगानीकर्ता उत्साहित भएका थिए । तर, पुनः ओरालो लागेको छ । बिहीबार पनि सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ ।  यस कम्पनीको ५ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको हो । यस दिन समता माइक्रो फाइनन्सका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, गुराँस लघुवित्त कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });