हप्ता दिन नबित्दै नयाँ युगको ‘आरटीजीएस’ बन्द ! - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

हप्ता दिन नबित्दै नयाँ युगको ‘आरटीजीएस’ बन्द !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise bank
हप्ता दिन नबित्दै नयाँ युगको ‘आरटीजीएस’ बन्द !
LBEF
NCH-IPS

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि शुरु गरेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस ) प्रणालीले काम गर्न छाडेको छ । भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात भन्दै शुरु गरिएको यो प्रणाली एक साता नबित्दै बन्द भएको हो । 

यसबाट बिना चेक भुक्तानी गर्न भन्दै बैंकको काउन्टरमा पुगेका कयौंं ग्राहकले दुःख पाएका छन् ।  नेपाल  राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले हामीले यो प्रणाली परीक्षणको क्रममा छ त्यसैले केही समस्या देखिएको हो । अब दशैं–तिहारपछि यो सेवालाई पूर्ण रुपमा सञ्चालन गर्छौं ।’ तर, आम उपभोक्ता भने यो अवस्थाबारे बेखवर छन् ।

त्यसो त राष्ट्र बैंकले यो भुक्तानी प्रणालीलाई नीतिगत रुपमा निक्कै महत्व दिएको देखिन्छ । आरटीजीएसको शुरुवातसँगै सम्पत्ति शुद्धीकरण, आतंकवादी समूहको वित्तीय कारोबार एवम् अन्य गैरकानुनी कार्यका लागि हुने कारोबारमा नियन्त्रण हुने गभर्नरले यो प्रणालीको सुरुवात गर्दै बताएका थिए । तर, व्यवहारमा  चाहिँ पुरानै शैली अपनाउँदा र ग्राहकमा पर्ने असुविधा प्रति संवेदनशील नहुँदा यसको नकारात्मक प्रभाव पर्ने देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });