aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

दश वर्षमा थपिए २३ खर्ब लगानीका ४ हजारबढी उद्योग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
himalayanlife
दश वर्षमा थपिए २३ खर्ब लगानीका ४ हजारबढी उद्योग
DHI
NIBL

काठमाडौं । दश वर्षमा २३ खर्ब रुपैयाँ लगानीका ४ हजार बढी उद्योग दर्ता भएका छन् । अर्थमन्त्रालयले सार्वजनिक गरेको आथिर्क वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षणमा यस्तो देखिएको हो ।

उक्त सर्वेक्षण अनुसार आर्थिक वर्ष २०६८/७९ देखि चालु आवको फागुन मसान्तसम्म २३ खर्ब ५६ अर्ब ६८ करोड रुपैयाँ लागनीका ४ हजार ३८७ उद्योगहरु स्वीकृत प्राप्त रहेका छन् । जसमा अनुमानित रोजगारीको संख्या २ लाख ४४ हजार ६३ रहेको छ । 

उक्त सर्वेक्षण अनसार सबैभन्दा धेरै उद्योग आव २०७३/७४ मा दर्ता भएका छन् । यस अवधिमा एक खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ लगानीका ५१० वटा उद्योग दर्ता भएका हुन् ।

औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले प्रत्येक वर्षको बजेटमार्फत उत्पादनमुखी योजना र उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र प्रवर्द्धन को नारा लिँदै आएको छ ।

दश वर्षमा स्वीकृति प्राप्त उद्योगको विवरण 


 

प्रतिक्रिया दिनुहोस