aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेको इन्सुरेन्सको सर्भेयर बन्न चाहनेलाई खुसीको खबर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ जेठ २०८०
himalayanlife
नेको इन्सुरेन्सको सर्भेयर बन्न चाहनेलाई खुसीको खबर
DHI
NIBL

काठमाडौँ । नेको इन्सुरेन्स लिमिटेडको बीमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्याकन गर्नका लागि सर्भेयरको खोजी भइरहेको छ । सो कार्य गर्न इच्छुक बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेकाहरूलाई सूचीकृत हुन सो कम्पनीले सार्वजनिक सूचना मार्फत आव्हान गरेको हो ।

नेको इन्सुरेन्स लिमिटेडले कम्पनीमा सुचिकृत नभएका इच्छुक सर्भेयर व्यक्ति वा संस्थालाई सुचि दर्ताको निवेदन र आवश्यक कागजात सहित नाम दर्ता गराउन भनेको हो । जेठ ११ गते प्रकाशित सो सुचना अनुसार सुचना प्रकाशित भएको ३५ दिन भित्र इच्छुकले निवेदन दिनुपर्ने छ ।

 सो कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि सर्भेयरमा दर्ता हुन चाहनेले कम्पनीको केन्द्रिय कार्यालय बीमाभवन, ज्ञानेश्वर वा शाखा कार्यालय मार्फत दर्ता हुन भनेको छ । इच्छुकले निवेदनको साथमा  बीमा प्राधिकरणबाट प्राप्त सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, संस्थागत भए फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर / मूल्य अभिबृदी करको प्रमाणपत्रको प्रतिलिपि, ब्यक्तिगत / फर्म वा कम्पनीको अद्यावधिक विवरण र नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस