aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

मदिरा व्यवसायीले आपत्ति जनाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
मदिरा व्यवसायीले आपत्ति जनाए
DHI
NIBL

भैरहवा । मदिरा व्यवसायमा हरेक वर्ष कर वृद्धि गरेको भन्दै मदिरा व्यवसायीले आपत्ति जनाएका छन् । सोमवार मदिरा व्यवसायी  संघ रूपन्देहीले केन्द्र र लुम्बिनी प्रदेशमा निर्वाचितहरूलाई बधाई, सम्मान र शुभकामना दिने कार्यक्रममा बोल्ने मदिरा व्यवसायीले राज्यले नै उपेक्षित गरेको बताउँदै मदिरा खरिद गर्दा आधिकारिक डिलरबाट खरिद गर्न आग्रह गरे । भारतबाट आउने मदिरालाई निशेध गर्न सके, व्यवसाय फस्टाउन सक्ने बोल्ने वक्ताहरूले बताए ।

केन्द्रीय अध्यक्ष सोनम शेर्पाले मदिरामा समस्या भयो भनेर ज्ञापन पत्र बुझाउँदा सुनुवाइ नभएको बताउँदै समस्या प्रति निरन्तर जुधेर अगाडि बढ्ने बताए । व्यवसायमा इमान्दारिताका साथ लागेमा सफल भइने बताउँदै नक्कली काम गर्नेलाई कानुनी दायरामा ल्याउन महासंघ पछि नहट्ने अध्यक्ष शेर्पाले बताए । 

लुम्बिनी प्रदेश अध्यक्ष शम्भु प्रसाद भट्टराई सरकार गम्भीर नभएको बताउँदै कोभिडको बेला सटर बन्द गरेर बस्दा छुट समेत नदिएको गुनासो गरे । भारतबाट पार्टी प्यालेसमा अवैध मदिरा आउने गरेको र मदिरा व्यवसायी समस्यामा पर्दै गएको बताए । 

मदिरा व्यवसायी संघ रूपन्देहीका अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव गोबिन्द बराल, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीका अध्यक्ष विष्णु न्यौपाने लगायतले मन्तव्य राखेका थिए भने महासचिव किसोर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस