
काठमाडौं । आन्तरिक ऋणको रकम विकास कार्यमा मात्र खर्च हुने भएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
आन्तरिक ऋणको रकम विकास कार्यमा मात्र खर्च हुनेछ । यसका साथै एक अर्ब भन्दा बढी रकम विनियोजन भएको कार्यक्रमको प्रभावकारिता अनुगमन गर्न राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा अनुगमन समिति बनाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस