शीर्षकहरू

राजस्व संकलनको अनुमान गत वर्षभन्दा ५.९ प्रतिशत कम

राजस्व संकलनको अनुमान गत वर्षभन्दा ५.९ प्रतिशत कम

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन गत वर्षकोभन्दा ५.९ प्रतिशत कम प्रक्षपण गरेको छ । अर्थमन्त्री प्रकाश शरणमहतले आर्थिक वर्ष २०८०÷८१को  ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

 अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो । १ अर्ब भन्दा बढी रकम विनियोजन भएको कार्यक्रमको प्रभावकारिता अनुगमन गर्न राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा अनुगमन समिति बनाइने उनले बताए ।