aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एशियन लाइफको २४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
एशियन लाइफको २४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
DHI
NIBL

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको २४ हजार ८७१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्ने जानकारी कम्पनीले गराएको छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस