शीर्षकहरू

आईसीसी विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

आईसीसी विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहितको कप्तानीमा घोषणा गरेको टोलीमा अर्जुन साउद र किशोर महतोले टोलीमा पूनरागमन गरेका छन् ।

नेपालले एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्यीय टोली घोषणा गरेको थियो । बन्द प्रशिक्षणबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन् ।

नेपाल अन्तिम तयारीको लागि बुधबार दक्षिण अफ्रिका जानेछ । जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपालले १६ सदस्यीय टोलीको घोषणा गरेको हो । विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।