aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

रेशम चौधरीलाई माफी दिने सरकारको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
himalayanlife
रेशम चौधरीलाई माफी दिने सरकारको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट
DHI
NIBL

काठमाडौं । सरकारले टिकापुर घटनाको कसुरदारका रुपमा जेलमा रहेका रेशम चौधरीलाई बाँकी कैद सजाय माफी दिने निर्णय गरेको मसि नसुक्दै उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उक्त घटनाको पीडितका तर्फबाट शारदा कठायतले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

संविधानसभाबाट संविधान जारीको तयारी भइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगीको हत्या भएको थियो । 

उक्त हत्यामा संलग्नता भएको भन्दै तीनवटै तहका अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए । मन्त्रिपरिषद्को बैठकले पीडितलाई अन्याय हुने गरी निर्णय गरेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग राखी सर्वोच्च अदालतमा रिट दायर भएको हो । 

मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिट दर्ता नहुँदै राष्ट्रपतिले अदालतबाट दोषी ठहर भएर जेलमा रहेका चौधरीसहित १९ जनालाई आममाफी दिने निर्णय गरिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस