aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

गणतन्त्र दिवसका दिन लुम्बिनी केबलकार सञ्चालनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
himalayanlife
गणतन्त्र दिवसका दिन लुम्बिनी केबलकार सञ्चालनमा आउने
DHI
NIBL

बुटवल । बुटवलदेखि पाल्पाको बसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केबलकार’ सञ्चालन हुने भएको छ । जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ अन्तिम तयारीमा पुगेको छ ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भई सकेको बुटवल हिल्स लुम्बिनी केवककार सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

बुटवलमा सञ्चालन हुने केबलकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पर्यटको मुख्य गन्तव्य रहने बताउँदै लुम्बिनीमा आउने बुद्धिष्ट पर्यटकको बसाइ लम्ब्याउन केवलकार कोषेढुङ्गा हुने अध्यक्ष ढकालले बताए ।

बुटवल हिल्सले एकिकृत पर्यटकीय विकासमा टेवा पुर्याउने बताउँदै भारतबाट पर्यटकको मुख्य केन्द्र बुटवल बसन्तपुर रहनेमा अध्यक्ष ढकालले जोड दिए । करिब ५ अर्ब लगानीमा निर्माण भएको केवलकारको व्यवसायिक रुपमा जेठ १५ गते देखि सुचारु भएता पनि जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधिवत् उद्घाटन गर्ने ढकालले बताए । केवलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए ।

केलबकार निर्माण सँगै बसन्तपुरमा कामोक्षदेवीको मन्दिर निर्माण र १५० बेड सहितको होटल पनि निर्माण, रेष्टुरेन्ट तथा बार र पार्क निर्माण  भइरहेको ढकालले जानकारी दिए । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, आईएमई ग्रुपका संस्थापक अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापाल भइ काम गरि सकेका छन् ।

ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आईएमई ग्रुप हिस्सेदारी छ ।

प्रतिक्रिया दिनुहोस