aarthiknews.com विहीबार, २२ जेठ २०७७   Thursday, 04 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

अब ज्येष्ठ नागरिकलाई जुनसुकै बेला आधा हवाई भाडा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise
अब ज्येष्ठ नागरिकलाई जुनसुकै बेला आधा हवाई भाडा छुट
LBEF

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। पर्यटनमन्त्रीको एक वर्ष कार्ययोजनामा उल्लेख भएको ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकलाई छुट दिने विषयको कार्यान्वयन निगमबाट सुरु भएको छ। निगमले आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको जानकारी बुधबार जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार भाडादरमा छुटदिने यस्तो निर्णय असोज १ गतेदेखि नै लागू भएको जानकारी दिएको छ। भाडा दरमा छुट पाउन ज्येष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात पेस गर्नुपर्नेछ।

५० प्रतिशतको यस्तो भाडादरमा छुटको व्यवस्था निगमको कार्यालयबाट उपलब्ध गराइने निगमका सहप्रवक्ता सुलेख मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निगमका अनुसार क्यान्सरपीडितका बिरामीलाई पनि नि:शुल्क र छुटको टिकट उपलब्ध गराउँदै आएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस