aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सिएट टायरको सिएट सपी बालकुमारी ललितपुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
himalayanlife
सिएट टायरको सिएट सपी बालकुमारी ललितपुरमा
DHI
NIBL

काठमाडौं । नारायणी अटो बिजनेस प्रालिले “सिएट सपी” नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावज्यूले आज आयोजित समारोहको शुभारम्भ गरेका हुन् ।    

कार्यक्रममा बोल्दै रावले भने, “सिएट टायरको यस नँया सोरुमले नेपाली ग्राहकहरुको बद्लिदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ ।” उनले सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए । 

यस्तैगरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा  आफुलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुङ्गा सावित हुने पनि उनले बताए ।   

कार्यक्रममा बोल्दै सिएट इंडियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरु बारे प्रस्ट पारे । यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता श्री एस.टि.सी.का प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले भने, “यस टायर लामो समयदेखि  नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्राण्ड हो । हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।”      

यस नँया सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनिले जानकारी गराएको छ । अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाईभ स्टारको मान्यता प्राप्त गरेको छ ।   
 

प्रतिक्रिया दिनुहोस