
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले असार ४ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले क्वालिटी बैङ्क्वेट, बुद्धनगर, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचन समेत गर्नेछ । सभा हुनु अगाबै जेठ २९ गते सञ्चालकको निर्वाचन कार्यक्रम कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको छ । सभामा निर्वाचित सदस्यहरूको नाम अनुमोदन हुनेछ ।
साथै अधिकृत पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन र बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्तापूँजीभन्दा बढी ऋण लिने प्रस्ताव समेत सभामा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस