शीर्षकहरू

वित्तीय खर्च बढ्दा पिपुल्स पावर ४६ लाखभन्दा बढी नोक्सानीमा

वित्तीय खर्च बढ्दा पिपुल्स पावर ४६ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । पिपुल्स पावर लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४६ लाख ४८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. ४१ लाख १३ हजार खुद नाफामा रहेको कम्पनी यस वर्ष वित्तीय खर्च बढेका कारण नोक्सानीमा गएको हो ।

गत वर्ष रू. ५५ लाख ८७ हजार वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८ लाखभन्दा बढी गरेको हो । विद्युत विक्री आम्दानी गत वर्ष रू. १ करोड ४० लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १ करोड ७७ लाखभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६३ करोड २६ लाख रहेको छ भने जगेडा कोष रकम रू. १ करोड ९० लाखभन्दा बढी ऋणात्मक छ । सुरक्षित कर्जा गत वर्ष रू. ३६ करोड रहेकोमा यस वर्ष पनि सोही बराबर रहेको छ । तेस्रो त्रैमाससम्म रू. शून्य दशमलव ७३ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव ९९ रहेको छ ।