aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

डेढ अर्ब रकम लिएर बागलुङको इमेज सहकारीका सञ्चालक फरार, बचतकर्ता जिल्ला संघको शरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
himalayanlife
ADBL
डेढ अर्ब रकम लिएर बागलुङको इमेज सहकारीका सञ्चालक फरार, बचतकर्ता जिल्ला संघको शरणमा
DHI
NIBL

बागलुङ । इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले समस्या समाधानका लागि सहजीकरण गरिदिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङसंग माग गरेका छन् ।  बचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समिति र जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरुबीच शनिवार बिहान भएको छलफल कार्यक्रममा संघका तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्नका लागि माग गरिएको हो । 

इमेज सहकारीले बागलुङका धेरै बचतकर्ताहरुको रकम जोखिममा पारेको छ, रकम फिर्ताका लागि बचतकर्ताहरुले ६ महिनाको समय थप गर्न सहमति जनाउदै समस्या समाधान गर्न सहजता प्रदान गर्दा पनि संस्थापक अध्यक्ष देव कुमार नेपाली लगायत सम्पर्क बिहिन भएका कारण थप समस्या भएको संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले बताए ।

उनले देवकुमार नेपाली लगायत संस्थासंग सम्बन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन संघर्ष समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भन्दै जिल्ला सहकारी संघका तर्फबाट सल्लाह सुझाव सहित समन्वयकारी भूमिका निभाईदिन आग्रह गरेका थिए ।

इमेज सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै जिल्ला सहकारी संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चालन गर्न र वचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गरेको जिल्ला सहकारी संघकी अध्यक्ष हुमा कुमारी जि सी (अञ्जु) ले बताइन् । 

उनले भनिन्, ‘हामीले गरेको समन्वयकारी भूमिका र आम बचतकर्ताको भावना विपरित देव कुमार नेपाली र उहाँको टिम सम्पर्क विहिन भएका कारण थप समस्या परेको छ । यो समस्यालाई समाधान गर्नका लागि संघको तर्फबाट समन्वय गरेर अगाडि बढ्छौ ।’    

इमेज मात्रै होइन शिवशिखरका बचतकर्ताको बचत फिर्ताका लागि पनि हाम्रो तर्फबाट निरन्तर खबरदारी र समन्वय भैरहेको छ, राष्ट्रिय सहकारी महासंघ लगायत सरोकारवाला निकायहरुमा समस्या समाधानका लागि निरन्तर ध्यानाकर्षण गराउनुका साथै वचतकर्ताहरुको वचत फिर्ता गर्न दवाव समेत दिदै आएको जिसीले बताइन् । 

छलफलका क्रममा बचतकर्ताहरुले सरकारले समस्यामा परेका बचतकर्ताको रकम फिर्ता गर्ने कुरामा गंभिरताका साथ लिनु पर्ने, सम्पर्क विहिन भएका देव कुमार नेपाली लगायतलाई खोजी गरी कारबाही गर्नुका साथै इमेज सहकारी संस्थासंग सम्बन्धितहरुबाट बचतकर्ताहरुको रकम फिर्ता गर्नु पर्ने बताएका थिए ।

इमेज सहकारीले बागलुङ बजारमा सञ्चालित कार्यालयबाट १ अर्ब २४ करोड, गलकोट सेवा केन्द्रबाट १८ करोड र बुर्तिबाङ सेवा केन्द्रबाट १२ करोड बचत संकलन गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराका अधिकृत चोलाकान्त वाग्लेले जानकारी दिएका छन् । 

बैशाख ७ गते सूचना प्रकाशित गरेर इमेज सहकारीको कार्यालय बन्द गरेपछि जिल्ला सहकारी संघको समन्वयमा बैशाख १२ गतेदेखि कार्यालय सुचारु गरिएको थियो । कार्यालय शुरु भएपछि नियमित रुपमा जिल्ला सहकारी संघ र बचतकर्ताहरुसंग समन्वय गदैै बचत फिर्ता गर्छु भनेका देव कुमार नेपालीले जेठ १ गते बचतकर्ताहरुको भेला समेत गरेका थिए ।

भेलामा बचतकर्ताहरुले ६ महिना बचत फिर्ताका लागि समय थप गर्ने सहमति दिएका थिए । बचतकर्ताले दिएको समयसिमा भित्र बचतफिर्ताका लागि आवश्यक पहल गर्नु पर्नेमा सम्पर्क विहिन भएपछि बचतकर्ताहरु थप अन्यौलमा परेका छन् । देव कुमार नेपाली सहितको इमेजका जिम्मेवार मान्छेहरु सम्पर्क विहिन भएपछि बचतकर्ताहरुले संघर्ष समिति गठन गरी बचतफिर्ताका लागि अगाडि बढेका छन् ।

बचतकर्ताहरुको निवेदन पछि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका तर्फबाट संस्थाको वित्तीय अवस्थाको बारेमा अनुमगन गरी इमेजको कार्यालय शिल गर्नुका साथै कानुनी कार्वाहीका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा सिफारिस गरेको प्रदेश रजिष्ट्रार कार्यालयले जनाएको छ । 
    
     
 

प्रतिक्रिया दिनुहोस