६३ प्रकारका बहुमुल्य खानीजन्य पाइने नेपालमा कहाँ–कहाँ छ सुन - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

६३ प्रकारका बहुमुल्य खानीजन्य पाइने नेपालमा कहाँ–कहाँ छ सुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise bank
६३ प्रकारका बहुमुल्य खानीजन्य पाइने नेपालमा कहाँ–कहाँ छ सुन
LBEF
NCH-IPS

काठमाडौं  । पछिल्लो समय चुनढुंगा खानीमा विशेष आकर्षण बढ्दै गएको छ । चुनढुंगा सस्तो खानी उत्खनन्मा पर्ने र देशमा सिमेन्ट उद्योग बढ्दै जाँदा यसको आकर्षक दिन प्रतिदिन बढ्दै गएको छ भने दशकौंदेखि नेपालमा सुन खानी भएको अनुमानसहित अध्ययन गरिए पनि अहिलेसम्म एउटा पनि खानी उत्खनन् हुन सकेको छैन ।


खानी तथा भूगर्भ विभागले चुनढुंगा उत्खनन्का लागि ५४ वटा लाइसेन्स प्रदान गरेको छ भने बहुमूल्य धातु सुन खानीका लागि भने सरकारले उत्खनन् गर्न चासो देखाएको छैन ।

नेपालका विभिन्न ११ स्थानमा सुन खानी भएको अध्ययनले देखाएको छ । विभागले हालसम्म नौवटा कम्पनीलाई सुन उत्खनन्का लागि अनुमति प्रदान गरेको विभागका सूचना अधिकारी कृष्णदेव झाले बताए । ‘नेपालमा सुन खानी भएको पत्ता लागिसकेको छ,’ उनले भने–‘तर, उत्खनन् भने हुन सकेको छैन ।

वर्षेनी व्यापारघाटा बढ्दै गए पनि सरकारले यस्ता वस्तुको उत्खनन्मा कुनै चासो देखाएको छैन । देशलाई आत्मनिर्भर बनाउने आर्थिक समृद्धिको योजनामा तथा कार्यक्रममा समेत सुन अन्वेषण र उत्खनन्को कुनै कार्यक्रम परेको छैन ।

विभागसँग यस्ता खानी अन्वेषण तथा अध्ययन गर्न चाहिने नयाँ तथा नवीन प्रविधि तथा प्राविधिक र परीक्षण गर्ने गतिलो ल्याब तथा अन्य खानीको तुलनामा अन्वेषण लागत समेत बढी लाग्ने भएकाले पनि यस्ता खानीको उत्खनन् हुन नसकेको हो ।

यस्ता खनिज उत्खनन् गर्नुअघि विभिन्न चरणमा विस्तृत परीक्षण गर्नुपर्छ । रोल्पाको लुंगी खोला, बैतडीको बांगाबगर, गोरङ, जमारीगाढ, डडेलधुराको बामनगाउँमा सरकारले गरेको अध्ययन प्राइमरी चट्टानभित्र सुन खानी भएको देखाएको
छ ।

बूढीगण्डकीको बालुवामा पनि सुन भएको पाइएको छ । अध्ययन प्रतिवेदनहरुमा औंल्याइए बाहेक सिन्धुपाल्चोक, दोलखा, रामेछाप, दैलेखलगायतका जिल्लामा सुनखानी रहेको भूगर्भशास्त्रीहरुको अनुमान छ ।

जुनसुकै मुलुकका लागि प्राकृतिक स्रोतसाधन समृद्धिको पहिलो आधार मानिन्छ । अझ खनिजजन्य पदार्थको उत्खनन्, प्रशोधन र उचित बजारीकरण गर्न सके त्यसबाट सिंगो मुलुकको मुहारमा आमुल परिवर्तन गर्न सकिन्छ । तर, नेपालले भने खानीजन्य उद्योगबाट खासै फाइदा लिन सकेको छैन । खानी उत्खनन्लाई औद्योगिक क्रान्तिको रुपमा मानिन्छ ।

खानीजन्य उद्योगको प्रचुर सम्भावना रहे पनि बहुमूल्य खनिजको उत्खनन् सम्भाव्यता अध्ययनमा मात्र सीमित भएको छ । सरकारी प्रतिवेदनअनुसार देशका ५ दर्जनभन्दा बढी स्थानमा उत्खनन् गर्न सकिने खानी छन् ।

सरकारले केही वर्षअघि गरेको अध्ययनले नेपालमा २१ धातु खनिज, २३ औद्योगिक खनिज, ६ किसिमका रत्न खनिज, ९ किसिमका निर्माणजन्य खनिज रहेको देखाएको छ ।

राष्ट्रिय सम्पत्तिको संरक्षण, सम्वद्र्धन र त्यसको उचित व्यवस्थापन र प्रयोग हुन नसक्दा प्रायः सबै वस्तुमा परनिर्भर बन्दै गएका छौं । खनिज उत्खनन्लाई प्रभावकारी बनाउन स्वदेशमै माइनिङ, इन्जिनियरिङ, जियो फिजिक्स, जियोकेमेस्ट्री र रिमोटसेन्सिङमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।

सरकारले ३१ वर्ष पहिले रामनगिना यादवको नेतृत्वमा गरेको खोज तथा अनुसन्धानबाट पूर्वी, मध्य र पश्चिम नेपालका चुरेपर्वत क्षेत्र तथा तराईरमधेसका कतिपय स्थानमा युरेनियमलगायत बहुमूल्य खनिज रहेको पत्ता लागेको थियो ।

त्यसको २ वर्षपछि सन् १९८७ मा कृष्णप्रसाद काफ्लेको नेतृत्वको टोलीले मध्यक्षेत्रको कमला नदीदेखि बाग्मती नदीसम्म, मकवानपुरको तीनभंगाले र चाँदीखोलाका केही स्थानमा समेत युरेनियमको खानी रहेको प्रतिवेदन बुझाएको थियो ।

नेपालका विभिन्न जिल्लामा ३ दशकअघि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूगर्भविद् तथा विज्ञहरुको संलग्नतामा खनिज (धातुरअधातु(को सम्भाव्यता अध्ययन भएको हो । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली २०५६ अनुसार सरकारले धातु खनिज २३ र अधातु ४० गरी ६३ प्रकारका बस्तुलाई खानीजन्य पदार्थको रुपमा परिभाषित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });