aarthiknews.com आइतबार, १४ असोज २०८०   Sunday, 01 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढे

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १४ जेठ २०८०
himalayanlife
६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढे
DHI
NIBL

काठमाडौं । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ । सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिबारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन ।

हिमाल आरोहण गर्न अनुमति दिएबापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ । पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो । सन् २०२२ मा ४७ हिमाल आरोहण बाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस