
विराटनगर । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राखेको भन्दै विरोधमा उत्रने सम्भावना रहेकोकाले विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चित कालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रम गर्न रोक लगाइएको छ ।
विराटनगरको पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन ।
प्रतिक्रिया दिनुहोस