aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

अवतरणका क्रममा विमानको ढोका खुलेपछि....

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ जेठ २०८०
himalayanlife
अवतरणका क्रममा विमानको ढोका खुलेपछि....
DHI
NIBL

एजेन्सी । विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । 

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ । 

संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाई भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानविन भइरहेको छ । डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । घटना आज मध्याह्नको हो ।  

प्रतिक्रिया दिनुहोस