aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

आरविवि म्युचुअल फण्ड–१ करिब २ करोड नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ जेठ २०८०
आरविवि म्युचुअल फण्ड–१ करिब २ करोड नोक्सानीमा
NIBL

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने आरविवि म्युचुअल फण्ड–१ ले वैशाख मसान्तको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस योजना १ करोड ८६ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहको छ ।   

चैत मसान्तसम्म १ करोड ३८ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको योजना वैशाखमा भने नोक्सानीमा गएको हो । वैशाख महिनामा योजनाको आम्दानी ऋणात्मक हुँदा नाफामा असर परेको हो । चैत मसान्तसम्म २ करोड ८९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाको वैशाख मसान्तसम्म भने आम्दानी १९ लाख ४२ हजार रुपैयाँभन्दा बढी ऋणात्मक छ । खर्च रकम पनि वैशाखमा बढेको छ ।  

चैतमा १ करोड ५१ लख रुपैयाँभन्दा बढी खर्च गरेको कम्पनीले वैशाखमा१ करोड ६७ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको हो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७८ साल साउन ७ गतेदेखि सञ्चालनमा रहेको छ । १२ करोड ५० लाख इकाई जारी गरेको योजनाको प्रति इकाई खुद मूल्य चैत मसान्तसम्म ९ दशमलव शून्य ८ रुपैयाँ रहेकोमा वैशाख मसान्तसम्म ८ दशमलव ८२ रुपैयाँ कायम भएको हो । 

धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएको शेयर र डिबेञ्चरमा भएको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशन सहित ९५ करोड ८३ लाख ५४ हजार रुपैयाँ रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य परलमूल्य भन्दा कम छ । बैंक मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रुपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य ७१ करोड ३४ लाख रुपैयाँभन्दा बढी मात्र छ ।  
 

प्रतिक्रिया दिनुहोस