aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपेबाट भुक्त्तानी गर्दा छुट पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ जेठ २०८०
आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपेबाट भुक्त्तानी गर्दा छुट पाइने
NIBL

काठमाडौं । ‘आइएमई पे’ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । आइएमई पेले केटीएम बबल टि सँग गरेको सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । 

यो फर साउन १६ सम्म मात्र लागु हुने भएको छ । केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

प्रतिक्रिया दिनुहोस