aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

वडास्तरीय फूटबलको उपाधि पोखरा–१४ लाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ जेठ २०८०
himalayanlife
ADBL
वडास्तरीय फूटबलको उपाधि पोखरा–१४ लाई
DHI
NIBL

काठमाडौं । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फूटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

पोखरा रंगशालामा बिहीवार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो । 

वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गरे । यामबहादुर खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

विजेता वडा नम्बर १४ ले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्‍यो । उपविजेता वडा नम्बर १५ ले १ लाख प्राप्त गर्‍यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भई १५ हजार रुपैयाँ पुरस्कार पाए । 

वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित भए । 

उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही ५ हजार पुरस्कार प्रदान गरिएको छ । विजेता खेलाडी तथा प्रशिक्षकलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरे । कास्की जिल्ला फूटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस