aarthiknews.com आइतबार, ०७ असोज २०८०   Sunday, 24 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेपाल टेलिकममा कर्मचारी आवश्यकता छैन, गलत सूचनाको पछि नलागौँः टेलिकम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
himalayanlife
नेपाल टेलिकममा कर्मचारी आवश्यकता छैन, गलत सूचनाको पछि नलागौँः टेलिकम
DHI
NIBL

काठमाडौं । नेपाल टेलिकमले नयाँ कर्मचारी आवश्यकताबारे कुनै पनि आवेदन नखुलेको स्पष्ट पारेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन् । 

विज्ञप्तीमा भनिएको छ, ‘केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।’  

कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको समेत टेलिकमले जनाएको छ । यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाइ विश्वास गर्न टेलिकमले आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस