aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

‘मुलुकले थेग्न नसक्ने संघीयता खारेज गरौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
‘मुलुकले थेग्न नसक्ने संघीयता खारेज गरौँ’
NIBL
  • गुणराज ढकाल 

नेपालको अर्थतन्त्र भन्सार मुखी छ । हाम्रो अर्थतन्त्र भएको कारण आयातमा राजस्व ठोकेर र जनतालाई चर्को कर र भन्सारले ढाड सेकेर चलिरहेको छ । आयात घटेपछि राजस्व घट्ने नै भयो । अहिलेको अवस्था भनेको पनि आयात घटेर राजस्व कम हुँदै गएर सरकारी ढुकुटीमा कमी भएको हो ।   

अर्को तिर हामी विकासका लागि बजेट छुट्याउदै विदेशी बैंकसंग ऋण लिने गरी योजना गर्छौँ । विदेशीका सर्तहरू पालना गर्नै पर्‍यो । दातृ निकायको सहयोग पनि लिनै पर्‍यो । उनीहरूका सर्त मान्नै पर्‍यो । 

नेताहरू कार्यकर्तालाई भरण पोषण गर्ने कामहरूमा पूर्ण रूपमा सफल भए । त्यससँगै कार्यकर्ता मुखी हुँदै पहुँचमुखी कार्यक्रमहरू फस्टाउन थाले । त्यसकालागि बिचौलिया तन्त्रको आविष्कार भयो अनि देश नै बिचौलियाको कब्जामा पुग्यो । नेताहरू तिनका मतियारमा परिणत हुन पुगे फलस्वरूप प्रभु सरणम गच्छामी भन्दै प्रभुको नाममा होलिवाईनको असरले हो कि केको असरले हो जनताहरू भेडा जस्ता बन्न पुगे । जति मेनु हेरे पनि उहीँ पुरानो मःमः र चाउमिन भन्दा अरूमा आँखा नै लगाउन नसक्ने भए ।   

कार्यकर्ताहरू नेतालाई भगवान् जस्तो मान्न थाले । त्यसपछि नेताहरू पनि छु मन्तर कि बाचा जसरी विकास हुन्छ भन्दै जनता झुक्काउन तिर लागे । जनताहरू झुक्किँदै झुक्किँदै आजसम्म त बाध्य भएर सहेर आफ्ना छोराछोरीलाई विदेश पठाएर भए पनि देश सञ्चालनको लागि रेमिट्यान्स को व्यवस्था गरेकै छन् । तर, त्यसले पारेको दीर्घकालीन प्रभावका असरबाट बच्नका लागि अविलम्ब तत्काल लागू गर्नका लागि विभिन्न सुझाव आएको छ ।

मुलुकले थेग्न नसक्ने संघीयता खारेज गरौँ, सोही ठाउँमा कलकारखाना उद्योग खोलौँ,  समानुपातिक सांसद खारेज गरौँ  र स्थानीय निकायलाई चुस्त दुरुस्त गराउन आवश्यक छ । यसका साथै हरेक पद वा दर्जाको उप पद खारेज, सांसद र मन्त्रीको तलब भत्ता कटौती, राजनीतिलाई कमाइको रूपमा होइन सेवाको रूपमा प्रयोग गर्ने गर्नु पर्ने देखिन्छ ।   

डिजेल पेट्रोलबाट चल्ने सवारी साधन न्यूनीकरण गरी विद्युतीय सवारी साधनको व्यापक प्रवर्द्धन गर्नु पर्ने आजको आवश्यकता हो । मन्त्री, सांसद र सरकारका उच्च पदाधिकारीहरूको विदेशमा गरिने उपचार बन्द गरी नेपाल कै सरकारी अस्पताललाई चुस्त दुरुस्त गराइ नेपाल मै उपचार गर्नु पर्छ । 

राष्ट्रपति प्रणाली खारेज गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लागू गर्नु पर्छ । भूपू राष्ट्रपति उप राष्ट्रपतिको सरकारी सेवा पुरा बन्द गर्नु पर्छ । नेपालको कलेजलाई चुस्त दुरुस्त बनाउने तर्फ लागौँ ताकी नेपालीको पैसा विदेश जान बाट जोगिनेछ । स्कुल, कलेजलाई राजनीतिबाट मुक्त गराउने तर्फ लाग्नु पर्छ । नेपाली को हरेक उत्पादनलाई प्राथमिकता दिई विदेशबाट ल्याउने उत्पादन न्यूनीकरण गर्नु पर्छ । 

नवप्रवर्तन र प्रतिभाशाली सृजनशील नेपालीहरूलाई उद्यम गर्ने काममा ठोस सहयोग गर्न प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै खरिद ऐन बनाई नव–उद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस् । स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्छ ।   

 

प्रतिक्रिया दिनुहोस