aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

बजारमा १९ अर्बको आईपीओ आउँदै, २१ कम्पनी पाइपलाइनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
Global IME
बजारमा १९ अर्बको आईपीओ आउँदै, २१ कम्पनी पाइपलाइनमा
DHI
nmb

काठमाडौं । विभिन्न २१ वटा कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार विभिन्न २१ कम्पनीहरू आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएर स्वीकृतिको पर्खाइमा बसेका हुन् । 

सेबोनका अनुसार यसरी स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरूको १९ अर्ब ८१ करोड २५ लाख ६९ हजार १६५ रुपैयाँ बराबरको ९ करोड ८६ लाख ३४ हजार ३० कित्ता प्रारम्भिक शेयर निष्कासन हुनेछ ।

सेबोनमा आईपीओ निष्कासनको लागि स्वीकृतिको पर्खाइमा रहेका दुई कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने भएका छन् । जसमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेका हुन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत २४ लाख कित्ता शेयर निष्कासनको तयारीमा छ । सर्वोत्तमको शेयर प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म तोकिएको छ । 

रिलायन्स स्पाइनिङ मिल्सले बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको छ । जसले ७ लाख ७० हजार ६४० कित्ता बिक्रीमा ल्याउन लागेको हो । यसको शेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म तोकिएको छ ।

त्यस्तै, आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा चार वटा बिमा कम्पनी रहेका छन् । जसमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दुई अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको १२ करोड कित्ता आइपिओ निष्कासन गर्ने तयारीमा छ । यस कम्पनीको आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाइएको छ । 

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बजारमा आउँदैछ । यस कम्पनीको आईपीओको प्रतिकित्ता १९० रुपैयाँ प्रिमियमसहित २९० रुपैयाँ मूल्य रहने जनाइएको छ ।

आईपीओ निष्काशनको पाइपलाइनमा रहेको अर्को बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले पनि ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ १ करोड २० लाख कित्ता शेयर निष्कासनको तयारी गरेको छ । यस कम्पानीको आईपीओको प्रतिकित्ता १७६ रुपैयाँ प्रिमियमसहित २७६ रुपैयाँ मूल्य रहने जनाइएको छ । 

त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर बजारमा आउँदै छ । यस कम्पनीले १५०.५५ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २५०.५५ रुपैयाँ मूल्य रहने जनाइएको छ । 

सेबोनका अनुसार मुक्तिनाथ कृषि कम्पनी पनि आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेको छ  । बोर्डबाट स्वीकृति पाएपछि यस कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ बिक्रीमा ल्याउने छ । यसका साथै सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले पनि तीन अर्ब २ करोड १५ लाख २२ हजार ६२३ रुपैयाँ बराबरको एक करोड २३ लाख २ सय कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ ।

त्यस्तै, डिस मिडिया नेटवर्क लिमिटेडले आईपिओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ । 

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता, ट्रेड टावर लिमिटेडले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता र भिजन लुम्बिनी उर्जा कम्पनीको ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता शेयर निष्काशन हुने भएको छ ।

त्यसैगरी, एक्वर्ड फर्मास्युटिकल्सले पनि ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता शेयर जारी गर्ने छ । अपर लोहरे हाइड्रोपावर कम्पनीले २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता र माण्डु हाइड्रोपावर कम्पनीले ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३७० रुपैयाँ बराबरको कित्ता आईपीओ जारी गर्ने भएको छ ।

त्यस्तै, आईपीओ निष्कासनको पाइपलाइनमा रहेको मनकामना इन्जिनियरिङ हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता, मिड सोलु हाइड्रोपावर कम्पनीले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८ सय कित्ता र चिख्र्वा हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले २५ करोड रुपैयाँ बराबरको ७२ लाख २५ हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस