aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

सेबोनले दियो सात कम्पनीलाई ब्रोकर लाइसेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ जेठ २०८०
सेबोनले दियो सात कम्पनीलाई ब्रोकर लाइसेन्स
NIBL

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सात कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाईसेन्सका लागि आशय पत्र प्रदान गरेको बोर्डले ७ कम्पनीलाई लाईसेन्स वितरण गर्ने निर्णय गरेको हो ।    

आशय पत्र प्राप्त गरेका अन्य कम्पनीहरूको सम्बन्धमा समेत क्रमशः निर्णय हुँदै जानकारी बोर्डले दिएको छ । जेठ ८ गते बोर्डले ७ कम्पनीलाई ब्रोकर लाईसेन्स वितरण गर्ने निर्णय गरेको हो ।   

लाइसेन्स पाउने कम्पनीहरूमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्राली र प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् ।  


 

प्रतिक्रिया दिनुहोस