सनराइज बैंकले १२औं वार्षिकोत्सवमा देशैभर रक्तदान गर्दै (फाेटाे फिचरसहित) - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

सनराइज बैंकले १२औं वार्षिकोत्सवमा देशैभर रक्तदान गर्दै (फाेटाे फिचरसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise bank
सनराइज  बैंकले १२औं वार्षिकोत्सवमा देशैभर रक्तदान गर्दै (फाेटाे फिचरसहित)
LBEF
NCH-IPS

काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर पारेर देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘डोनेट बल्ड सेभ लाइफ–हामी सँगसँगै’ भन्ने नाराको साथ बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

बुधबार बैंकले काठमाडौको गैरीधारास्थित प्रधान कार्यालय, काँकरभिट्टा, लाहान, बुटवललगायतका शाखामा रक्तदान  कार्यक्रम गरेको छ । आज बैंकका कर्मचारी, सञ्चालकलगायत करिब दुई सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

त्यस्तै बूढीबजार शाखामा असोज ५ गते, महेन्द्रनगर शाखामा असोज ७ गते र वीरेन्द्रनगर शाखामा असोज ८ गते रक्तदान गर्ने कार्यक्रम तय भएको बैंकले जनाएको छ । 

स्थापना दिवसरको अवसरमा बैंकले असोज महिनालाई उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभरमा कार्यक्रम गर्दै जाने जनाएको छ। 

प्रतिक्रिया दिनुहोस