रामकुमारी झाँक्रीको प्रतिवेदन कुर्दै नेप्से - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

रामकुमारी झाँक्रीको प्रतिवेदन कुर्दै नेप्से

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise bank
रामकुमारी झाँक्रीको प्रतिवेदन कुर्दै नेप्से
LBEF
NCH-IPS

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्न अर्थ समितिद्वारा गठित उपसमितिको प्रतिवेदनको पर्खाइमा रहेको बताएको छ । 
अर्थ समितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा समिति गठन गरेको छ । सरकारद्वारा गठित सुझाव समितिको ५८ बँुदे सुझाबमध्ये नेप्सेको जिम्मेवारीमा परेको कार्य कतिपय सम्पन्न भइसकेको र केही कार्यान्वयनको चरणमा रहेको नेप्सेले जनाएको छ ।
बोर्डले यसअघि नेप्सेलाई भदौ २६ गते पत्रचार गर्दै सुझाब समिति र बोर्डबाट पेस भएका निर्देशन कार्यान्वयनको प्रगति विवरण माग गरेको थियो । त्यसको जवाफमा दिँदै नेप्सेले साउन १७ गते सूचना प्रकाशन गरी वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स लिन सिफारिस गर्ने कार्य अघि बढाएको बताएको छ । तर, साउन ३० गते अर्थसमितिद्वारा उपसमिति गठन गरी यस विषयमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने जानकारी प्राप्त भएपछि हालको लागि उक्त व्यवस्था स्थगित गरिएको नेप्सेको जवाफ पत्रमा उल्लेखे छ । 
नेप्सेले संघीय संरचना अनुसार काठमाडौं वाहिरका आर्थिक रुपमा सक्रिय जिल्लाहरुमा ब्रोकर सेवा प्रदान गर्ने गरी अनुमति प्रदान गर्ने सम्बन्धमा अध्ययन गरी कार्यविधि तयार गरेको जानकारी दिएको छ । नेप्से सुचकांकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउने कार्य पूर्ण रुपमा कार्यान्वयनमा ल्याईसकेको नेप्सेले बोर्डलाई जवाफ दिएको छ ।  त्यस्तै ओटीसी बजारलाई गतिशील बनाउन प्रविधिमैत्री बनाउने सम्बन्धमा लागत लाभको अध्ययन गर्दै नेप्सेले विगतमा प्रयोग गरेको कारोबार प्रणालीलाई परिमार्जन गरी ओटिसी बजारलाई उपयुक्त हुने किसिमले तयार गर्न सुरु भईसकेको नेप्सेको भनाई छ । कर्मचारी सञ्चयकोष, नगारिक लगानीकोष , सामाजी सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माताको रुपमा धितोपत्र बजारमा भित्र्याउन नेप्सेले अध्ययन प्रतिवेदन तयार गरी बोर्डमा पेश गरिसकेको बताएको छ । बजार निर्माताको कार्य गर्ने सम्बनधमा नेप्सको बर्तमान कारोबार प्रणालीमा समेत व्यवस्था रहेको नेप्सेको जवाफ छ । धितोपत्र बजारको लगानीकर्ताहरुको हित संरक्षणका लागि लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट उक्त कोष सञ्चालन भईसकेको समेत नेप्सेले प्रष्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });