नेप्सेमा बहार, दोस्रो दिन पनि दोहोरो अंकको वृद्धि - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

नेप्सेमा बहार, दोस्रो दिन पनि दोहोरो अंकको वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise bank
नेप्सेमा बहार, दोस्रो दिन पनि दोहोरो अंकको वृद्धि
LBEF
NCH-IPS

काठमाडौं । लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन बुधबार नेप्से २२.६८ अंकले बढेर ११७३.४२ बिन्दूमा पुगेको छ । अघिल्लो दिन पनि करिब २७ अंकले नेप्सेमा वृद्धि भएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारप्रति सकारात्मक अभिव्यक्ति दिएसँगै पुँजी बजारमा सकारात्मक प्रभाव परेको हो । 
कुल १७१ कम्पनीको १६ लाख ४५ हजारभन्दा बढी कित्ता शेयर ४७ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको हो । 
यस दिन कारोबारमा आएका सबै समूह बढेका छन् । लगातारको गिरावटपछि नेप्सेमा सुधार हुँदा लगानीकर्ता उत्साहित भएका छन् । बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ ।  यस कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भएको हो । यस दिन सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य१० प्रतिशतले बढेको छ । समग्र परिसूचकमा वृद्धि हुँदा पनि कर्णाली विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ४ प्रतिशतले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });