युवतीलाई दुर्व्यहार गर्ने पूर्वसांसद धरौटीमा छुटे - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

युवतीलाई दुर्व्यहार गर्ने पूर्वसांसद धरौटीमा छुटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं । सार्वजनिक यातायातमा युवतीलाई दुर्व्यहार गरेको आरोप लागेका पूर्वसभासद योगेन्द्र घिसिङ थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले घिसिङलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै थुनामुक्त भएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले घिसिङलाई धरौटीमा राखेर मुद्दा प्रक्रिया अघि बढाउन मंगलबार आदेश दिएका हुन् । रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार घिसिङले युवतीलाई दुव्र्यवहार गरेको भन्दै अन्य यात्रुले नियन्त्रणमा लिएका थिए । प्रहरीलाई जिम्मा लगाएपछि उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।घिसिङ संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });