aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

भारतमा २००० को नोट प्रतिबन्ध लाग्ने भएपछि सुन पसलमा भिड लाग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
भारतमा २००० को नोट प्रतिबन्ध लाग्ने भएपछि सुन पसलमा भिड लाग्यो
NIBL

एजेन्सी । भारत सरकार र रिजर्भ बैंक अफ इन्डियाले दुई हजार दरका नोटमा प्रतिबन्ध लगाएका छन् । आगामी भदौ ३० गतेसम्म २ हजारका नोट भएकाले बैंकमा जम्मा गर्न सक्ने मौका दिएका छ । तबसम्म यी दुई हजारको नोट चलनमै रहनेछन् । भारत सरकार र रिजर्भ बैंक अफ इन्डियाको यो निर्णयपछि २ हजार रुपैयाँका नोट भएका मानिसहरु पनि चिन्तित भएका छन् । यसैबीच, २००० रुपैयाँको नोटको निलम्बनका कारण धेरै शहरहरूमा गहना पसलमा भिड लाग्न थालेको  छ।

भारतीय रिजर्भ बैंकले दुई हजार रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको छ । ज्वेलर्स एसोसिएसनले आरबीआईको सूचनापछि गुजरातमा सुन महँगो भएको कुराको खण्डन गरेको छ । सुन किन्ने ग्राहकको संख्या बढेको उनको भनाइ छ । धेरैजसोले २००० रुपैयाँको नोटले किनेको हो कि होइन भनेर सोध्छन् ।

अहमदाबाद ज्वेलर्स एसोसिएसनका संयुक्त सचिव आशिष जावेरी भन्छन्, 'मानिसहरूले चिन्ता गर्नुपर्दैन। उनीहरु सहजै किनमेल गर्न सक्छन् । आजसम्म पनि सबै ज्वेलर्सले रु दुई हजारको नोट स्वीकार गर्दै आएका छन् ।'

प्रतिक्रिया दिनुहोस