बिग मार्ट दशैं तिहार अवसरमा ५देखि २५१ रुपैयाँसम्म छुट अफर - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

बिग मार्ट दशैं तिहार अवसरमा ५देखि २५१ रुपैयाँसम्म छुट अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise bank
बिग मार्ट दशैं तिहार अवसरमा ५देखि २५१ रुपैयाँसम्म छुट अफर
LBEF

काठमाडौं । बिगमार्टले चाडपर्वलाई लक्षित गरेर दशैं, तिहार र छठ अफर ल्याएको छ । अफर योजना अन्र्तगत करिब २ सय समानहरुमा ५ रुपैयाँदेखि २ सय ५१ रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सनफ्लावर तेलदेखि जिरा मसिनो चामलबसम्मका खाद्यन्नमा छुट दिइएको छ । जसअनुसार अम्रित सन फ्लावर तेलमा प्रतिलिटर ५ रुपैयाँ, मसुरो दालमा प्रतिकिलो १५ रुपैयाँ, चिउरामा १० रुपैयाँ, चनामा ६ रुपैयाँ छुट कम्पनीले दिने भएको छ । डिडिसी घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ । 

धारा तेलमा १८ रुपैयाँ र चिनीमा प्रति रुपैयाँ ७ रुपैयाँको दरले छुट दिएको बिगमार्टका  आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए । यस्तै, जिरा मसिनो चामलमा प्रति बोरा १ सय २६ रुपैयाँ छुट दिइएको छ । 
उक्त छुट आफ्नो ३७ वटै शाखाबाट दिइएको उनले बताए । चाडवार्डको अवसरमा सरकारले पनि सहुलियत पसल सन्चालन गर्न आग्रह गरेको थियो, प्रमुख देवले भने, सोही अनुसार हामीले सहुलियत पसल सन्चालन गरेका छौ । बिगमार्टले बजारको मूल्यमा नै तरकारी तथा फलफूल उपलब्ध गराउँदै आएको छ । 

यसका साथै हरेक दिन बेलुका तरकारीहरुमा विशेष छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्री, सरसफाईका सामग्री तथा पेय प्रदार्थ लगायतमा पनि विशेष छुट दिइएको बिगमार्टले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस