
काठमाडौं । सबैभन्दा धेरै देब्रे हात वाला मान्छे भएको देश नेदरल्याण्ड्स रहेको छ । जहा कुल जनसंख्यामध्ये १३.२३ प्रतिशत मानिस बाँया हाते मान्छे रहेको विश्व तथ्यांकले जनाएको छ । त्यस्तै बेलायतमा १३.१० प्रतिशत मानिस देब्रे हात चलाउने मानिस रहेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, अमेरिकामा १३.१० प्रतिशत, बेल्जियममा १३.१० प्रतिशत, क्यानाडाः १२.८० प्रतिशत, आयरल्याण्डः ११.६५ प्रतिशत, स्विजरल्याण्डः ११.६१ प्रतिशत, फ्रान्सः ११.१५ प्रतिशत, डेनमार्क ११ प्रतिशत मानिस देब्रे हात चलाउने मानिस बसोबास गर्ने विश्व तथ्यांकले जनाएको छ ।
त्यस्तै, इटलीः १०.५१ प्रतिशत, स्वीडेन १०.४२ प्रतिशत, नर्वे १०.१९ प्रतिशत, जर्मनीः ९.८३ प्रतिशत, स्पेन ९.६३ प्रतिशत मानिस देब्रे हात चलाउने मानिस रहेका छन् । त्यस्तै, टर्की ९.१९प्रतिशत, फिनल्याण्ड ९.१ प्रतिशत, पोल्याण्ड ८.६ प्रतिशत, ग्रीसः ८.२९ प्रतिशत, रूस ६.०९ प्रतिशत, भारत ५.२० प्रतिशत, ताइवान ५ प्रतिशत, जापान ४.७० प्रतिशत, चीन ३.५० प्रतिशत, मेक्सिको २.५० प्रतिशत, दक्षिण कोरियामा २ प्रतिशत मानिस देब्रे हात चलाउने छन् ।
प्रतिक्रिया दिनुहोस