aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

अब २ हजारको भारु नोट नचल्ने, ३० सेप्टेम्बरसम्म परिवर्तन गर्ने मौका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
himalayanlife
अब २ हजारको भारु नोट नचल्ने, ३० सेप्टेम्बरसम्म परिवर्तन गर्ने मौका
DHI
NIBL

एजेन्सी । भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। शुक्रबार त्यहाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले जारी गरेको सूचनामा यस्तो उल्लेख गरेको छ । सेप्टेम्बर ३० सम्म बैंकहरूमा २ हजारको नोट रूपान्तरण सकिने पनि सूचनामा उल्लेख छ ।  एक पटकमा केवल १० नोटहरू परिवर्तन सकिने छ ।  

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो। तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो। रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ।

२००० को नोट पहिलो पटक नोभेम्बर २०१६ मा आरबीआई ऐन १९३४ को धारा २४(१) अन्तर्गत जारी गरिएको थियो। त्यसपछि ५०० र १००० दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न २ हजारका नोट जारी गरिएको थियो ।

साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८(१९ मा २ हजारका नोट छाप्न रोकिएको थियो । आरबीआईका अनुसार २००० को ८९ प्रतिशत नोट मार्च २०१७ अघि जारी गरिएको थियो। आरबीआईले आफ्नो क्लिन नोट नीति अन्तर्गत नोटहरू बन्द गर्दछ वा नयाँ नोटहरू जारी गर्दछ।

प्रतिक्रिया दिनुहोस