एजेन्सी । भारतीय शेयर बजारको नियामक सेक्यूरिटी बोर्ड अफ इण्डिया (सेबी)ले बिहीबार गीताञ्जली जेम्स लिमिटेडको शेयर ठगीको मुद्दामा फरार व्यापारी मेहुल चोक्सीलाई उनीसँग ५.३५ करोड भारु माग गर्दै नोटिस पठाएको छ। यो रकम १५ दिनभित्र नतिरे बैंक खाता र सम्पत्ति जफत गर्न पनि सेबीले चेतावनी दिएको छ । भारतीय धितोपत्र तथा विनिमय बोर्ड ९सेबी०ले लगाएको जरिवाना नतिरेको भन्दै नियामकले चोक्सीलाई यो सूचना पठाएको हो ।
नीरव मोदीका मामा चोक्सी गीताञ्जली जेम्सका अध्यक्ष र प्रबन्ध निर्देशक थिए र प्रवर्द्धक समूहको हिस्सा पनि थिए। चोक्सी र नीरव दुवैलाई सार्वजनिक क्षेत्रको पञ्जाब नेशनल बैंक (पीएनबी) को १४,००० करोड रुपैयाँ भारुभन्दा बढीको ठगी गरेको आरोप छ।
पीएनबी घोटाला सार्वजनिक भएपछि दुवै आरोपी २०१८ को सुरुमा विदेश फरार भएका थिए। चोक्सी एन्टिगुवा र बारबुडामा रहेको बताइएको छ भने नीरव मोदी बेलायतको जेलमा छन्।
सेबीले चोक्सीलाई १५ दिनभित्र ५ अर्ब ३५ करोड रुपैयाँ तिर्न आग्रह गर्दै नयाँ सूचना पठाएको छ । यस रकममा ब्याज र रिकभरी लागत समावेश छ। बक्यौता भुक्तान नगरेको अवस्थामा, सेबीले चोक्सीको चल र अचल सम्पत्ति जफत गरी लिलामी गरेर बक्यौता असुली गर्नेछ। यसका साथै चोक्सीको बैंक खाता पनि संलग्न गरी उनलाई पक्राउ गरिनेछ ।
सेबीले चोक्सीलाई २०२२ अक्टोबरमा गीताञ्जली जेम्सको शेयर किर्ते गरेको आरोपमा ५ करोड रुपैयाँ जरिवाना लगाएको थियो । यसबाहेक नियामकले उनलाई १० वर्षको लागि सेयर बजारमा प्रतिबन्ध समेत लगाएको थियो । गीताञ्जली जेम्सको शेयरमा कथित धाँधलीको अनुसन्धानपछि सेबीले चोक्सीलाई मे २०२२ मा कारण देखाउ नोटिस जारी गरेको थियो।
प्रतिक्रिया दिनुहोस