
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस