बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
Sunrise bank
बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब
LBEF
NCH-IPS

 काठमाडौं ।  पाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरुले दबाब दिएको पीडित पक्षले बताएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा गत बैशाखमा बलात्कृत भएकी बालिकाको बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब आएको पीडित पक्षले आरोप लगाएको हो ।

बैशाख १५ गते पीडित बालिका घरमा पढिरहेको बेला पछाडिको पर्खालबाट हामफाल्दै बटेश्वर गाउँपालिका–४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिका बस्दै आएका ४२ वर्षीय छिमेकी राजकुमार साहले बालिकालाई बलात्कार गरेका थिए ।

घटना भएदेखि नै विभिन्न प्रकारले दबाब आईरहेपनि स्थानीयको सहयोगमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा मुद्दा दर्ता गराएपछि पक्राउ परेका थिए ।

घटना अदालतसम्म पुगेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, र क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगी पञ्जियारले घटना दबाउन मुद्दा फिर्ता लिन दबाब दिँदै आएका छन् । यो समाचार आजको नगरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });