aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

अर्थ मातहतका सबै निकायमा निर्मम छानविन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
himalayanlife
अर्थ मातहतका सबै निकायमा निर्मम छानविन गर्ने
DHI
NIBL

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थ मातहतका सबै निकायमा निर्मम तरिकाले छानविन गर्ने बताएका छन् । सोमबार नेपाल बीमा प्राधिकरणको ५५ ओै वार्षिकोत्सवको अवसरमा अर्थ मन्त्री डा. महतले यस्तो घोषणाा गरेका हुन् ।

मन्त्री महतले आफू भर्खरै मन्त्री भएको र बजेटका कारण समय नपाएको भन्दै वित्तिय क्षेत्रका विकृतिहरू एक एक गरेर केलाउने बताए । निजी क्षेत्रका बीमा कम्पनीहरुलाई प्राथमितका दिँदा सरकारी कम्पनीहरुलाई पनि प्राधिकरणले मर्न दिन नहुने बताए । नेपालमा बीमा क्षेत्रमा धेरै लाइसेन्स बाँडेका कारण कम्पनीमात्र धेरै भएका र अब भने ठिक ठाउमा आएको समेत बताए । 

सोहि कार्यक्रममा बोल्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले परम्परागत बीमा पोलिसी परिमार्जन गर्नुपर्ने बताएका छन् । बीमा कम्पनीहरुमा भइरहेको पुराना परम्परागत पोलिसीहरुलाई परिमार्जन गरी नयाँ ढङगबाट अगाडी बढनुपर्ने बताएका हुन् ।

उनले भने, 'आम जनमानसको इच्छा तथा उनीहरुको चाहान र मागलाई मध्यनजर गर्दै बीमा पोलिसी बजार ल्याउनुपर्यो । कम्पनीहरुले बीमाको क्षेत्रमा नयाँ पोलिसी ल्याएर अगाडी बढ्न सकेमा बीमा क्षेत्रले एउटा उचाई लिने छ । तर बीमा कम्पनीहरुले पनि त्यही अनुसारको बीमा नीति र आधुनिक पोलिसी ल्याएर बीमा बजारमा सक्रिए भए भने बीमा क्षेत्रले सफलता हासिल गर्छ ।'

 पछिल्लो समय बीमा प्राधिकरणले २ सयभन्दा बढी स्थानीय निकायमा बीमा सम्बन्धी कार्यक्रम गरिसकेको छ । यसैगरी बीमा कम्पनीहरुले पनि बीमा सचेतना कार्यक्रमलाई अगाडी बढाउनुपर्ने उनले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस