सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस योजना सार्वजनिक - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस योजना सार्वजनिक
LBEF

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने (“लखपति एक्स्प्रेस २०७६ ) न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २०० रुपैयाँ को मोबाइल टप अप जित्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले १० हजार र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनालाई  एक लाख रुपैयाँ उपहार प्रदान गरिने जनाइएको छ । 

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १० लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो (“लखपति एक्स्प्रेस २०७६ ) न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । 

प्रतिक्रिया दिनुहोस