सरकारी सहुलियत पसलले उपभोक्तालाई लोभ्याएन - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सरकारी सहुलियत पसलले उपभोक्तालाई लोभ्याएन

  • मानमती पन्त
    मानमती पन्त
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
सरकारी सहुलियत पसलले उपभोक्तालाई लोभ्याएन
LBEF
NCH-IPS

काठमाडौं । दशैं,तिहार र छठ पर्व लक्षित गरी सञ्चालनमा ल्याएका सहुलियत पसलका सामग्रीमा सहुलियत मुल्य नभएको उपभोक्ताको गुनासो छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालनमा ल्याए पनि हामी उपभोक्तालाई लोभ्याउने खालको नभएको उनीहरुको गुनासो छ । 

लैनचौर बस्दै आएकी सर्मिला श्रेष्ठ भान्सामा चाहिँने सामग्री किन्न सहुलियत पसलमा आएकी थिइन् । त्यहाँ सामग्रीको मुल्यमा अन्य पसलभन्दा खासै सस्तो नभएको उनले सुनाइन् ।  सहुलियत पसलमा आएर, सबै समानको मुल्य बुझ्दा अन्य पसलको जस्तै लाग्यो अब घर छेउकै पसलबाट किन्छु उनले भनिन् ।  

तर, सरकारले लक्षित गरेका वर्गका लागि सञ्चालन गरेका सहुलियत पसलबाट उपभोक्ताले अहिले सहुलियतको कुनै अनुभूति गर्न नपाएको श्रेष्ठको बुझाइ छ । सहुलियत र अन्य खुद्रा पसलका दैनिक उपभोग्य वस्तुलगायत विभिन्न सामानको मूल्यमा अन्तर नभएकाले अहिले सहुलियत पसलमा पुग्ने सर्वसाधारणले यस्ता किसिमका पसलबाट सहुलियतको कुनै अनुभूति गर्न नपाएको बुझ्न सकिन्छ । सरकारले सञ्चालन गरेका सहुलियत पसलसम्म पुग्दा लाग्ने यातायात भाडाले सामानभन्दा बढी महँगो हुन आएको सर्मिलाले सुनाइन् ।

विगत लामो समयदेखि सरकारले दशैं, तिहार र छठपर्वलगायतका चाडपर्वका लागि भनेर सहुलियत पसल सञ्चालन गर्दै आएको छ । त्यसलाई नै निरन्तरता दिँदै सरकारले यसवर्षको दसैं, तिहार र छठपर्वका लागि गत सोमबारदेखि देशभरि ७३ स्थापनमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।

साल्ट टे«निङ कर्पोरेशन लिमिटेडका सहुलियत पसल व्यापारी सर्मिला प्रधान भन्छिन् उपभोक्ता सामान नचिनीकनै महंगोमा भएको भन्छन् । जो सामान चिन्छ उसले टपक्क लगेर जान्छ । यदि समान महंगो नै भएको भए दैनिक ४ लाखको व्यापार कसरी हुन्छ भन्ने कुरा सुनाइन् । कति ग्राहक तलब नआएर सहुलियत पसलको समान किन्न नआएको प्रधानले बताइन् । 

दुग्ध विकास संस्थान सिहंदरबारको सहुलियत पसलमा भने खासै राम्रो व्यापार नभएको व्यापारी आफैले स्वीकारेका छन । ग्राहक आए पनि ह्या यो भन्दा त राम्रो छेउकै डेरी पसलमा पाइन्छ भनेर फकिने गरेको ती पसलेको भनाइ छ । हामीले नेपाल सरकारको मापदण्ड अनुसार रहेर काम गर्नु पर्छ । ग्राहकलाई भने देख्दा राम्रो चाहिन्छ त्यसैले डेरीको सामग्री कम बिक्रि भएको उनको भनाई छ ।  

उता उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सरकारले चाडपर्वलाई लक्षित सञ्चालन सहुलियत पसलले सहुलियत  नाम मात्र दिएको आरोप लगाएका छन । उनले बाहिर खुद्रा पसलभन्दा सरकारले सञ्चालन गरेका सहुलियत पसलको सामान महँगो भएको बताए । चाडपर्वमा सहुलियत पसलका लागि छुट्याएको बजेट खाने काम मात्र भएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उनले सहुलियत पसलभन्दा अन्य खुद्रा पसलमा सामान सस्तो हुँदा सरकारले सहुलित पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ निर्धारण गरिएको छ विगमार्ट र भाटभटेनी सुपरमार्केटमा चिनी प्रतिकेजी ६२ रुपैयाँमा पाइन्छ । 

उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरेका पसलमा बजार मूल्यभन्दा बढी हुन्छ भने सहुलियत कसरी सहुलियत पसल हुन्छ । सरकारले चाडपर्वमा मात्र नभएर बजार मूल्य नियन्त्रण गर्न संघ प्रदेश र ७ सय ५३ स्थानीय तहमा सहुलियत पसल सञ्चालन गर्नुपर्छ । ७ सय ५३ स्थानीय तहमा महुलियत पसल सञ्चालन गरे भने लक्षित उपभोक्ताले सहुलियतको अनुभूति गर्न पाउनेछन् । सरकारले सञ्चालन गरेको सहुलियत पसल नहुनेका लागि भन्दा हुने खानेले लाभ लिइरहेका छन् अध्यक्ष तिमिल्सिना भने ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले सरकारले सञ्चालन गरेका सहुलियत पसल बजार मूल्य नियन्त्रण गर्ने नमूना मात्र भएको बताए । उनले सहुलियत पसलले बजारमा अन्य व्यापारीले उपभोक्तालाई मनपरि मूल्य नलिने उद्देश्यले सञ्चालन गरेको उनको भनाइ रहेको छ । उनले चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले लामो समयदेखि सहुलियत पसल सञ्चालन गर्दै आएको बताए । उनले काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लाका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको जानकारी दिए ।

कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन रहेका छन् । यसैगरी, डीडीसीले उपत्यकामा लैनचौर, न्युरोड र खुमलटार र एकीकृत घुम्ती सेवामार्फत घिउ, पनिर बिक्री गर्ने भएको छ । यसैगरी, उपत्यकाबाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हैटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवलमा गरी ११ ठाउँमा छन् ।

सहुलियत पसलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतका संयोजनमा साल्टट्रेडिङ कर्पाेरेसन, खाद्यव्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी)ले सहुलियतमा सामान उपलब्ध गराएका छन् । सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिएको छ । डीडीसीले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ ।

सुपथ पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ, नुन प्रतिकेजी १८ रुपैयाँ, जापानिज चामल प्रतिकेजी ६१, अरुवा जिरा मसिनो चामल ५०, सोना मन्सुली चामल४२, बासमती चामल ७३, गोरखनाथ चामल ४८ र इन्डक्सन चुलो ४ हजार रुपैयाँ मूल्य राखिएको छ । यस्तै, घिउमा प्रतिकेजी ८ सय ५० कायम गरिएको छ । यसैगरी, कर्णालीको सिमी प्रतिकेजी १ सय २०, फापर ७० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });