aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

यसरी तोडे चक्रले गरिबीको चक्रब्युह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० बैशाख २०८०
himalayanlife
यसरी तोडे चक्रले गरिबीको चक्रब्युह
DHI
NIBL

सङ्खुवासभाको खाँदबारीको सामान्य परिवारमा जन्मिए हुन्, चक्र बहादुर विशुंखे । उनको केही पैतृक सम्पत्ति मात्र रहेको थियो । खेती किसानीबाट मुस्किलले खान लाउन मात्र पुग्ने निम्न वर्गका हुन्, उनी ।

परिवार कृषि पेसामा आश्रित रहे पनि चक्रको परिवारलाई वर्षभरिको उत्पादनले खान नपुग्ने हुँदा केही महिना अन्न बाली बेसाउनु पर्ने अवस्था थियो । माध्यमिक तह पास गरेर उच्च शिक्षा अध्ययनको लागि मेची क्याम्पस भद्रपुर झापामा भर्ना भए पनि चक्र गरिबीको चक्रब्युहमा झन् झन् फस्दै गइरहेका थिए । त्यसैले पढाइ छाडेर उनले सिप सिक्नका लागि भद्रपुर र सिलगुढीमा २ वर्षसम्म छाला जुत्ता उद्योगमा बिना पारिश्रमिक काम गर्नुपरेको थियो ।

त्यस बखतमा पनि धेरै अभाव समस्या भोगेको कुरा अझै सम्झनामा रहेको उनी बताउँछन् । यी सबै नियतिका बाबजुद पनि चक्रमा एउटा बेग्लै साहस, आस्था र विश्वास थियो । उनी सधैँ कर्मलाई सर्वोपरि ठान्दथे र त्यसैले नै एक दिन उनलाई ईश्वरले बाटो देखाउनेमा ढुक्क थिए । 

केही गर्नुपर्छ भन्ने सोच भएका कारण लागी परेपछि कामलाई प्रायः सफल गरेरै छोड्ने स्वभावका चक्र एक दिन कृषि बैंकसँग ठोकिन पुग्छन् । वि.सं. २०४२ सालमा कृषि विकास बैंकका तत्कालीन प्रबन्धकले तपाई व्यवसाय गर्नुहोस् हामी तपाईँलाई कर्जा दिएर सहयोग गछौं भनेको हुनाले उनले आफू सञ्चालक रहने गरी चक्र छाला जुत्ता उद्योग दर्ता गरे ।

मेशिन खरिदको लागि बैंकबाट ५ हजार रुपैयाँ मात्र कर्जा लिई व्यवसाय सुरु गरे । चक्रले सुरुवाती अवस्थामा आफू मात्र खटेर काम गरे । व्यवसाय विस्तार गर्ने क्रमसँगै परिवारका ४ जना सदस्य सहित उनले थप १२ जना कामदारहरूलाई रोजगारी दिन सफल भए । उनी आज आफ्नो कम्पनीमा काम गर्ने श्रमिकहरूलाई मासिक एक लाख नब्बे हजार भन्दा बढी पारिश्रमिक दिन सक्ने अवस्थामा छन् ।

कृषि विकास बैकले एक करोड रुपैयाँको वित्तीय लगानी उनको व्यवसायमा गरिसकेको छ । अति सानो लगानीमा सुरुवात गरेको व्यवसायको आयस्रोत वाट आजसम्ममा छोराको नाममा खाँदबारी हुट सिट उद्योग तथा बुहारीका नाममा तेजेश्वीनी बहुउद्देश्यीय कृषि फार्म समेत दर्ता गरी व्यवसाय सञ्चालन हुँदै आएको तथ्य गर्वका साथ जानकारी गराउँछन् ।

चक्रले समाजमा रोजगारीको क्षेत्रमा ठूलो योगदान गरेका छन् । उनले २० जनाभन्दा धेरैलाई दक्ष कामदारको रूपमा प्रशिक्षित गरिसकेका छन् । १० जनाभन्दा बढीले भोजपुर, चैनपुर, दिला, शुक्रबारे, आँखीभुई लगायतका स्थानमा आफ्नै उद्योग व्यवसाय सञ्चालन गरिसकेका छन् । परियोजना सञ्चालन पछि चक्रको आफ्नो आर्थिक स्थिति पनि निकै मजबुत भएको छ । उनको खाँदवारी बजार क्षेत्रमा २ ठाउँमा घर तथा केही घडेरीहरूसँगै इटहरीमा समेत करिब १ कट्ठा घडेरी जोडेका छन् ।

घर परिवार, साथीभाइ, छरछिमेकहरूको सक्रिय सहयोग, हौसलाका साथै आफ्नो निरन्तर मेहनत, आफ्ना कामदार साथीहरूको मेहनेत र कृषि विकास बैंकको वित्तीय सहयोगका साथ साथै उत्प्रेरणामूलक तालीम नै चक्रको व्यावसायिक सफलताका कारक तत्त्वहरू हुन् भन्ने विश्वास रहेको छ । (सफलताको कथाबाट साभार) 

 

प्रतिक्रिया दिनुहोस